images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नासा हाइड्रो पावर कम्पनीको सडक बनाउन गएका दोलखा जिल्लाको विगु गाउँपालिकाका १८ वर्षीय कुसुम तामाङको ज्यान गएको छ । दोलखाको उत्तरी लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर तामाङको मृत्यु भएको हाे ।

यसैगरी, पहिराेले पुरिएर २ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते हुनेमा सोही स्थानका २२ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ रहेको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) लामावगरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) जयन्त केसीले जानकारी दिए । उनीहरू तीनै जना नासा हाइड्रो पावरको सडक निर्माणका काम गर्ने मजदुर हुन् ।

लामावगरवाट लप्ची जाने सडक निर्माणको क्रममा देउराली र हुर्हुरे भन्ने स्थानमा शनिबार दिउँसो करिव ३ बजे माथिवाट खसेको सुख्खा पहिरोले उनीहरूलाई पुरेको केसीले जानकारी दिए । घाइतेलाइ उपचारका लागि हेलिकम्पटरमा काठमाडाैँ ल्याइएकाे छ ।

पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको तथा मौसम प्रतिकुलताका कारण हेलिकोप्टर आउन नसक्दा उनीहरूको उद्धारमा कठिनाई भएको इन्स्पेक्टर केसीले जानकारी दिए ।

यो आयोजनाको सडक निर्माणको क्रममा यसअघि पनि भीरबाट खसेर एक ४९ वर्षीय दिलबहादुर घर्तीको ज्यान गएको थियो । त्यो भन्दा अघि पनि नासा हाइड्रो पावरको सुमो कन्ट्रक्सनमा कार्यरत ३ जनाको भीरबाटै लडी नदीमा डुबेर ज्यान गइसकेको छ ।

दुगड ग्रुपले प्रवद्र्धन गरेको १६० मेगावाट क्षमताको लप्ची खोला जलविद्युत् आयोजनाका लागि लामाबगरदेखि सडक निर्माणाधीन छ । आयोजनाले लामाबगरमा ११०० मिटर सुरूङ समेत निर्माण गरेको छ । कुल २० किलोमिटर सडक मध्ये देराली, खराने खोला र हुर्हुरेको सबैभन्दा कठिन भीर काटेर सडक खोल्ने काम जारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit