विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीको सुनवलस्थित बडेरामा निर्माणाधीन २२० केभी न्यू बुटवल सबस्टेसन ९० प्रतिशत पूरा भएको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण भइरहेको यो सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो ।

२०७४ सालबाट निर्माण सुरु भएको यो सबस्टेसन अबकाे ६ महिनामा सम्पन्न भइसक्ने आयोजनाका इन्जिनियर मणि भण्डारीले बताए । उनका अनुसार २०७८ असारभित्र यो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ ।

‘सबस्टेसनमा अहिले बिना अवरोध काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘लक्ष्यअनुसार नै निर्माण सम्पन्न हुन्छ भन्नेमा आशाबादी छौं ।’ उनले कुस्मादेखि न्यू बुटवलसम्म आइपुग्ने २२० केभी प्रसारण लाइनको काम सम्पन्न भइनसकेकाले सबस्टेसन सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्ने बताए ।

काेराेना (काेभिड–१९) महामारीकाे संक्रमण राेक्न गरिएकाे लकडाउन र निशेधाज्ञाका कारण केही समय निर्माण प्रभावित हुन पुगे पनि अहिने विना अवराेध काम भइरहेकाे भण्डारीले जानकारी दिए । सबस्टेसनको निर्माण सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण लगानीमा नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन र सबस्टेसनको निर्माण गरिरहेको हो ।

यो सबस्टेसनको क्षमता २२०/१३२/३३ केभी हुनेछ । सबस्टेसनमा १ सय एमभिएका पावर ट्रान्सफर्मर राखिनेछ । सबस्टेसन सञ्चालनमा आएपछि प्रसारण प्रणालीकाे गुणस्तरमा सुधार हुनेछ । ३३ केभीमार्फत स्थानीय क्षेत्रकाे विद्युतीकरण गरिनेछ ।

कालीगण्डकी नदी बेसिन तथा यसका सहायक नदी खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत दाना–कुस्मा र कुस्मा–न्यू बुटवल प्रसारण लाइन हुँदै यो सबस्टेसनमा आइपुग्ने छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइन अन्तर्गत दाना–कुस्मा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

कुस्मा–न्यू बुटवल र न्यू बुटवल–बर्दघाट खण्ड अहिने निर्माणाधीन छ । जसमा कुस्मा–न्यू बुटवल खण्डको करिब ६० प्रतिशत निर्माण पूरा भइसकेको छ । 

८७ किलोमिटर लामो यो प्रसारण लाइनको २ सय ३१ वटा टावरमध्ये १ सय २१ वटाको जग खन्ने कार्य सम्पन्न भइसकेको छ । ९८ वटा टावर खडा गरिसकिएको छ । फागनु महिनादेखि प्रसारण लाइनको तार तान्न सुरु गरिँदैछ । कोरिडोरको यो खण्ड सम्पन्न हुँदा १२ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit