• प्राधिकरण : १०९१६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११४३२ मे.वा.घन्टा
  • आयात : ६८८ मे.वा.घन्टा
  • निर्यात : ३१०४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३३९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५६७ मे.वा.
×

सौर्य ऊर्जा प्रवर्द्धन गर्न सगरमाथातर्फ एक इन्जिनियर पर्वतारोही

२०७७ चैत ३

हर्षवर्धन जोशी अहिले दुई वटा मिसनमा छन् । पहिलो सगरमाथा चढ्ने र दोस्रो धेरैभन्दा धेरै सर्वसाधारणलाई सरल जीवनयापनका लागि प्रेरित गर्ने । उनले सन् २०२० को अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने योजना बनाएका थिए । यस यात्रामा उनी सौर्य ऊर्जाको प्रयोग गर्ने तयारीमा थिए । यसको उद्देश्य नवीकरणीय ऊर्जाको बारेमा जागरुकता बढाउँदै दूरदराजका समुदायमा सौर्य प्यानल वितरण गर्ने थियो ।

कोरोना महामारी (कोभिड–१९) कारण उनले यो योजना स्थगित गर्नुपर्यो तर उनको पूर्ववत योजना एवं उत्साह कायमै छ । मुम्बईको आफ्नो घरमा जोशीले आफ्नो योजना तथा आशाबारे ओमिर अहमदसँग यसरी कुराकानी गरेका छन् ।

प्रश्न : आफ्नो योजना तथा यसको उद्देश्यबारे बताइदिनुस न ?

जोशी : सगरमाथा चढ्न करिब दुई महिना लाग्छ । यो शेर्पा गाइड र सौर्य ऊर्जामा पूर्णरूपमा निर्भर हुनेछ । म आफैं कार्बन उत्सर्जन कम गर्ने प्रयास गर्न गइरहेको छु । मैले यो प्रमाणीत गर्न चाहेको छु कि त्यस क्षेत्रको क्षति नगरी पनि एडभेन्चर गर्न सकिन्छ जहाँ ऊ जानेछ ।

प्रश्न : यात्रा बाहेक तपाईंको लक्ष्य के हो ?

जोशी : भारतमा २० करोडभन्दा बढी मान्छेसँग बिजुली छैन । म यो भन्न चाहन्छु कि हामीलाई बढी सौर्य विकासका योजना चाहिएका छैनन् । जीवनस्तर सुधार्न सरकारसँग निर्भर हुन जरुरी छैन । हरेक व्यक्ति आत्मनिर्भर र उज्यालोमा रहन सक्छन् । साथै, धनको बचत गर्न सक्छन् ।

सामाजिक सञ्जाल तथा मेरो व्यक्तिगत नेटवर्कको माध्यमबाट मसँग पहिलेदेखि नै १ लाखभन्दा बढी व्यक्ति जोडिएका छन् । यो प्रयासबाट ५० लाखभन्दा बढीलाई प्रेरित गर्ने लक्ष्य राखेको छु । यहाँसम्म कि एउटा सानो अनुपातमा स्वच्छ ऊर्जा प्रयोगका लागि प्रेरित गर्न सकियो भने यसले लामो समयमा निकै ठूलो परिवर्तन ल्याउनेछ ।

मैले आफ्नो अभियानलाई ‘संघर्ष मिसन सगरमाथा’ भनेको छु । म चाहन्छु कि अरू व्यक्ति यसमा सहभागी होउन् । यसले पहिले नै केही व्यक्तिलाई पहाड चढ्न प्रोत्साहित गरेको छ । जस्तो, मयुर दुमसिया एक प्यारा ग्लाइडर (खेलाडी) हुन् । जसबारे मैले उल्लेख गरिरहेको छु, उनी गत ३ वर्षदेखि सगरमाथा चढ्न खोजिरहेका छन् ।

प्रश्न : ‘सौर्य ऊर्जा सञ्चालन’ तपाईंको कस्तो अभियान हो ?

जोशी : मैले आफ्नो बेस क्याम्पमा बिजुली बाल्न ब्याट्री प्रणालीको साथमा केही ४० वाटका सोलार प्यानल व्यवस्था गरेको छु । जुन कम्तीमा ६ साताका लागि हुनेछन् । फेरि, ६४,०० मिटर (२१,००० फिट) मा दोस्रो शिविरसम्म एउटा सानो पोर्टेबल प्रणाली लैजानेछु । र, अन्तिम शिविरका लागि एउटा पावर बैंक (जुन सौर्य ऊर्जाबाट चार्ज गर्न सकिन्छ) लैजानेछु । जसका कारण चुचुरोमा मैले आफ्नो फोन र क्यामरा प्रयोग गर्न सकूँ ।

यसो गर्दा मलाई यो जानकारी राख्न सजिलो हुन्छ कि यात्रामा मैले कति ऊर्जा प्रयोग गर्नेछु । मेरा शेर्पा गाइड, टिम र बेस क्याम्पमा खाना पकाउने व्यक्तिले कति ऊर्जा प्रयोग गर्नेछन् । साथै, बेस क्याम्पमा मैले मेरो यात्राको दौरानमा आफूले उत्सर्जन गरेको कार्बन कति सन्तुलित गर्न सक्नेछु । यदि, मैले पथ्वीको यस्तो वातावरणमा अक्षय ऊर्जा उपयोग गर्न सक्छु भने यसले के देखाउँछ कि हामी शहरमा बढी जिम्मेवार हुने चमत्कार गर्न सक्नेछौं ।

प्रश्न : सौर्य ऊर्जाले स्थानीय समुदायको कसरी मद्दत गर्न सक्छ ?

जोशी : खुम्बुको सगरमाथा क्षेत्र बढीजसो अफ ग्रिड छ र यसमा बढी आधुनिक प्रणाली छैन । जब मैले आफ्नो प्रयासका लागि ‘क्राउड फन्डिङ’ गरिरहेको थिएँ, केही संस्थाले मलाई सौर्य उपकरण प्रस्ताव गरे । मैले आफ्नो अभियानका लागि नेपालमा केही प्यानल पठाएँ र बाँकी खाँचो हुनेका लागि उपलब्ध गराएँ । सौर्य प्यानल बनाउने कम्पनी ‘मेरो उज्यालो’ले १० घरका लागि पर्याप्त बिजुली दिन सक्ने उपकरण अनुदान दिएको छ ।

मेरा सहयोगीको मद्दतबाट प्यानल हिमालयका केही दूरदराजका क्षेत्रका परिवारसम्म पुगे । यसमा भारतको तुर्तुक र लद्दाख तथा नेपालको मकालु क्षेत्र समेटिएका छन् । बिहारको धरहरवा गाउँको अंग्रेजी स्कुलका लागि एक गैरनाफामुखी संस्था ‘श्लोक मिसनरिज’लाई ६ प्रणाली अनुदान गरियो ।

चुचुरोमा पुगेपछि मैले ती सौर्य प्यानल दान गर्नेछु, जसको प्रयोग हामी आफ्नो अभियनका क्रममा गरेका हुन्छौं । ती हाम्रो यात्राका बाटाका गाउँ हुन् जहाँ बिजुली छैन । मैले अरू केही प्यानल पठाउने योजना बनाइरहेको छु, जुन एक व्यक्तिगत अनुदान हुनेछ । हुन सक्छ यो निकै सानो प्रयास हो तर यसले भविष्यमा प्रशस्त प्रभाव पार्नेछ ।

भारतको एउटा सामान्य घरमा एक दिनमा ३–५ युनिट (किलोवाट घन्टा) बिजुली खपत हुन्छ । यो ५०० वाटबाट १ किलोवाटसम्म सौर्य प्रणालीबाट प्राप्त गर्न सकिन्छ । ग्रिडमा जोडिने एक किलोवाट प्रणालीलाई सन्तुलन मिलाउन तथा हरेक वर्ष १५०० युनिट बिजुली प्रयोग गर्न हरेक वर्ष १२,००० बर्ग फुटभन्दा बढी क्षेत्रमा विरुवा लगाउनुपर्ने आवश्यकता हुन्छ । ३० वर्षमा यो ९ एकड जंगल लगाउनु बराबर हुनेछ ।

प्रश्न : यसको दिगोपनको प्रभाव के देख्नुहुन्छ ?

जोशी : म मुम्बईको एक आइटी इन्जिनियर हूँ, तर मैले पछिल्लो ७ वर्षमा आफ्नो बढी समय हिमालय क्षेत्रमा बिताएँ । म दिगोपनलाई लिएर निकै भौतिकवादी र लापरबाही हुने गर्थेँ । जब मैले हिमालयको खोजी सुरु गरेँ तब मलाई जलवायु परिवर्तनको असरको अनुभव भयो । जसलाई मैले सहरमा आफ्नो घरमा देखेको थिइनँ । हरेक वर्ष पहाडमा महिनौं बिताएपछि मलाई थाहा भयो कि फरक–फरक क्षेत्रलाई पनि यसले छोइसकेको छ । यसपछि, विस्तारै मलाई दिगो विकासको महत्त्वको अनुभूति भयो ।

प्रश्न : स्वच्छ ऊर्जा र सामाजिक समानता कसरी जोडिएको छ ?

जोशी : स्वच्छ ऊर्जा गरिबी उन्मूलन र समानान्तर विकासको एकमात्र तरिका हो । स्थायी ऊर्जाको सुन्दरता यो छ कि जसले स्वास्थ्य तथा शिक्षालाई लोकतान्त्रिक बनाउनुका साथै व्यक्तिलाई शशक्त बनाउनेछ । जुन स्थानमा बिजुली हुँदैन त्यहाँ व्यक्तिले हरेक दिन १२ घन्टाको समय गुमाइरहेका हुन्छन् । उसले पढ्न सक्दैन । काम गर्न सक्दैन । बाहिरी दुनियाँसँग कुराकानी गर्न सक्दैन । डाक्टर अक्सर भन्ने गर्छन्, जब सेवा क्षेत्रसम्म पर्याप्त बिजुली हुन्छ तब उसले ग्रामीण क्षेत्रमा बढीभन्दा बढी सेवा दिन सक्छ ।

दूरदराजका विद्यालयमा सौर्य ऊर्जाबाट चल्ने परियोजना भए बालबालिकाका लागि बाहिर जाने आवश्यकता नै पर्दैन । भारत ‘अल्ट्रा मेगा सोलार प्लान्टस्’सँग स्वच्छ ऊर्जाका लागि एउटा बलियो साझेदारी गर्न गइरहेको छ । ठूला परियोजनाका कुरा पक्कै पनि राम्रा हुन्छन् तर यी त्यतिबेला मात्र कार्यान्वयन हुन्छन जतिबेला प्रसारण लाइन नजिक बनेका हुन्छन् ।

मलाई लाग्छ, विकेन्द्रीकृत ऊर्जा बिजुली उपलब्ध गराउने सबैभन्दा स्थायी तरिका हो । यसले प्रसारण तथा वितरण अधिकारलाई अस्वीकार गर्छ । जसलाई उपयोगकर्ताको आवश्यकता तथा इच्छाका लागि अनुकूल बनाउन सकिन्छ ।

प्रश्न : कोभिड–१९ को असर हिमालय क्षेत्रमा कस्तो पर्ला ? के पर्यावरणीय दबाब कम होला ?

जोशी : कोभिड–१९ ले पहाडमा मात्र होइन पूरै दुनियाँलाई रोकिदिएको छ । तर, अधिकांश पहाडको अवस्था त्यति खराब छैन जति सञ्चारमाध्याम बताइरहेका छन् । पर्वतारोही आफूले गर्ने

फोहोरप्रति सजग छन् । जागरुकता तथा सुविधाको कमीका कारण केही क्षेत्रमा अवस्था अलि खराब छ तर धेरै मानिस यसको सफाइमा जुटिरहेका छन् । यदि, महामारीपछि जलवायु परिवर्तनको असर कम हुन गए पक्कै पनि पहाडलाई फाइदा हुनेछ । लकडाउनका कारण यो वर्ष मेरो शिखर चढ्ने मौका चुक्यो । म पक्कै सन् २०२१ मा सगरमाथा चढ्ने प्रयास गर्नेछु ।

प्रश्न : तपाईंको विचारमा भविष्यका लागि ऊर्जा के हो भन्ने लाग्छ ?

जोशी : पहिलो पटक अक्षय ऊर्जा प्रतिष्ठानले भारतमा कोइलाबाट चल्ने नयाँ संयन्त्रलाई पछ्याउन छोडेको छ । तर, भारत पूर्णरूपमा कोइलाबाट उत्पादित बिजुली प्रवाह गर्नबाट असहमत देखिन्छ । यसैले, त्यस्ता कम्पनीले ऊर्जा उत्पादन गर्न तीन चौथाईभन्दा बढी जीवास्म इन्धन प्रयोग गर्छन् । गलत नीतिका कारण बढ्दो सौर्य क्षमतालाई कम गरिरहेको छ । हामीसँग सूर्यको प्रकाश निशुल्क उपलब्ध छ । यसबाट स्वच्छ र सस्तो बिजुली उपलब्ध हुन सक्छ । अन्त्यमा हामी त्यसतर्फ सिफ्ट हुनेवाला छौं भने अहिले नै किन नगर्ने ?

‘द थर्ड पोल’बाट अनुवाद

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit