images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी छन् । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीको करिब १५ सय घरधुरीमा बैशाखभित्र विद्युत सेवा विस्तार गर्ने बताएकी हुन् ।

आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै मन्त्री भुसालले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्याएको जानकारी दिइन् ।

निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुन सकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो ।

वर्षौदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ । टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरिसकेको जानकारी गराउँदै मन्त्री भुसालले भनिन् ‘यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीको बिजुली बाल्न पाउनेछन् ।’

आफ्नो अधिकार पाउनका लागि निरन्तर आवाज उठाउन सुझाव दिँदै उनले जनताको आवश्यकतानुसार सबै क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने बताइन् । मन्त्री भुसाले भनिन् ‘हामी पर्याप्त विद्युत दिन्छौं, भान्सा, कृषि, उद्योग र सबै यातायातका क्षेत्रमा विद्युत प्रयोग गर्नुहोस ।’

टाङ्गिया बस्तीका करिब एक हजार ५ सय घरधुरीको विद्युतीकरणका लागि २ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मन्त्री भुसालले बजेट अपुग भएमा थप रकमको व्यवस्था गरेर भए पनि विद्युतीकरण कार्यक्रम पूरा गर्ने विश्वास दिलाइन् । 

बिजुली बाल्नका लागि यहाँका जनता आतुर रहेको थाहा पाएर विद्युतीकरण कार्यलाई तीव्रता दिएको ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए । उनका अनुसार प्रस्तावित पूर्वाधार नबनेसम्म मानव बस्ती भएको स्थानमा राज्यले न्यूनतम सुविधाबाट नागरिकलाई बञ्चित गराउन हुँदैन, यसका लागि मन्त्रालयको निरन्तरताको प्रयासबाट यस बस्तीमा विद्युतीकरण गर्न सफल हुन लागेका हो । 

टाङ्गिया बस्तीमा बत्ती पुर्याउन तीन वर्षअघि नै कोसिस गरिएको भए पनि सफल हुन नसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘१५ दिनको समय दिएर ठेक्का आह्वान गरिसकेका छौं’ उनले भने, ‘कुनै समस्या नआएमा दुई महिनाभित्र यस बस्तीमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बाल्ने गरी काम भइरहेको छ ।’

यस बस्तीमा तामाङ, मगर, दलित र क्षेत्री–बाहुनको बसोबास छ । अन्तराष्ट्रिय विमानस्थल बनाउने र सुकुम्बासी बस्तीका नाममा यहाँ शिक्षा, खानेपानी, सडक, विद्युतजस्ता आधारभूत पूर्वाधारको समेत विकास गरिएको छैन । जितपुर सिमरा उपमहानगरपालिकाका २४ वडामध्ये सबैभन्दा कम प्राथमिकतामा १६ नम्बर वडा रहेको स्थानीय सुन्दर सुनारले बताए ।

विस २०३१ देखि टाङ्गिया बस्तीमा बस्दै आएका ६६ वर्षिय विष्णुबहादुर मगरले हालसम्म पनि बिजुली बाल्न नपाएको यथार्थ सुनाउँदै अब छिट्टै आफ्ना घर उज्यालो हुने आशा व्यक्त गरे । यहाँका बासिन्दाले उज्यालोका लागि सोलार प्रयोग गर्दै आएका छन् ।

हुस्सु लागेको बेलामा सोलारले काम नगर्ने र हिउँदका तीन–चार महिना टुकी बालेर बस्नुपर्ने बाध्यता रहेको मगरले सुनाए । टाङ्गिया बस्तीका जनताले वर्षौदेखि झेल्दै आएको बिजुली बत्तीको समस्या समाधान हुने विश्वास बढेर गएको वडा अध्यक्ष केदारबहादुर बजगाईले बताए । यस बस्तीमा विद्युत आएपछि जडान गर्नका लागि आवश्यक सिफारिस वडाले निशुल्क गरिदिने र मिटरमा लाग्ने शुल्कमा ५० प्रतिशत रकम व्यहोरिदिने घोषणा बजगाईले गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit