विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मौसम बदली भई बिहीबार र शुक्रबार आएको हावाहुरीसँगैकाे  वर्षाले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुर्याउँदा विद्युत आपुर्तिमा समस्या देखिएको छ । हावाहुरीले ठाउँ–ठाउँमा विद्युतीय पोलमा क्षति पुर्याउँदा  विद्युत आपूर्तिमा समस्या आएको हो ।

वितरण प्रणालीमा समस्या आउँदा उपत्यकासहित देशभरका विभिन्न स्थानमा झ्याप्प–झ्याप्प विद्युत लाइन काटिएको छ । बिहीबार साँझदेखि देखिएको यो समस्या शुक्रबार पनि दिनभर जारी रह्यो । 

वितरण प्रणालीको समस्याका कारण केही स्थानमा विद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘बिहीबार रातीको हावाहुरीले धेरै ठाउँमा पोल ढल्ने, तार चुँडिने जस्ता समस्या आएर लाइन अवरुद्ध थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘शुक्रबार बिहानसम्ममा धेरै ठाउँको आपूर्ति सुचारु भइसकेको थियो । अहिले साँझमा आएको हावाहुरी सहितको वर्षाले फेरिक कतै कतै समस्या देखिएको छ ।’

टेकुमा साल्ट्रेडिङको नजिकै समस्या आउँदा स्वयंभु फिडरको सेवा दिनभरी अवरुद्ध हुन पुग्यो । अहिले पनि यहाँको समस्या समाधानको प्रयास भइरहेको न्यौपानेले बताए । भैसीपाटीमा पनि ११ केभी लाइनको पोल ढल्दा प्रणालीमा समस्या आएको थियो ।

भक्तपुरमा पनि समस्या आएकोमा मर्मत गरेर आपूर्ति सुचारु गरिएको थियो । नयाँ बाटो खनेका स्थानमा पोल ढल्ने तथा लच्किने समस्या देखिएको छ । यस्ता स्थानमा लाइन काटेर पोल ठड्याउने काम गरिएको प्राधिकरणले जनाएको छ ।

पूर्वमा बिहीबार परेको असिना पानीले १५ वटा विद्युतीय पोल ढलेका छन् । ७ वटा ११ केभी फिडर र ८ वटा शाखा लाइनको पोल ढलेकाले ३३ केभी धरान–धनकुटा प्रसारण लाइन ४ घन्ट बन्द भएको धनकुटा वितरण केन्द्र प्रमुख दीपक सापकोटाले बताए । उनले शुक्रबार मध्यान्हसम्ममा बिग्रिएका लाइनको मर्मत गरेर विद्युत आपूर्ति सुचारु गरिएको बताए । 

प्राधिकरणले आपूर्ति सुचारुकाे प्रयास गरे पनि दिनभरी नै प्रणालीमा समस्या देखिएकाे छ । प्राधिकरणकाे कमजाेर वितरण प्रणालीका कारण हरेक वर्ष याे समस्या दाेहाेरिने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit