विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ साउन १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आन्तरिक बजारमा हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनहरूको सञ्चालनलाई तीव्र बनाउने उद्देश्यसहित सरकारले यस विषयमा सरोकारवालाहरूबाट सुझाव माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले बुधबार सूचना जारी गरी विश्वविद्यालय, अनुसन्धानकाे क्षेत्रमा कार्यरत निकाय, व्यावसायिक संस्था, उद्योग, दाता साझेदार र अन्तर्राष्ट्रिय संस्थालगायत सरोकारवालासँग हाइड्रोजनबाट चल्ने सवारी साधन सञ्चालनको सम्भावनाबारे लिखित टिप्पणी र सुझाव पेश गर्न आह्वान गरेको हाे । 

मन्त्रालयले विश्वव्यापी उत्कृष्ट अभ्यासहरू, नीतिगत र कानुनी ढाँचाहरू, हाइड्रोजन उत्पादन, भण्डारण, यातायात, वितरण र इन्धन भर्ने पूर्वाधार, सुरक्षा मापदण्डहरू, हालका पेट्रोलियम इन्धनमा आधारित इन्जिनयुक्त सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भाव्यता, आवश्यक प्रविधि, लागत, नियामक व्यवस्था, प्राविधिक जनशक्ति र संस्थागत क्षमता विकाससम्बन्धी सुझाव आह्वान गरेको छ । मन्त्रालयले साउन २० गते सम्ममा सुझाव पेश गर्न आग्रह गरेको छ ।

नवीकरणीय ऊर्जा स्रोतबाट उत्पन्न हुने बिजुली प्रयोग गरेर विद्युत् विच्छेदन प्रक्रिया मार्फत पानीका अणुलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हरित हाइड्रोजन उत्पादन गरिन्छ । जलवायु संरक्षण लक्ष्यहरूमा योगदान पुर्‍याउँदै विश्वव्यापी ऊर्जाको माग पूरा गर्न हरित हाइड्रोजनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपाल आयल निगमसँगको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले देशमा हाइड्रोजनबाट चल्ने सवारी साधनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेर हाइड्रोजन प्रयोगशाला स्थापना गरेको छ । साथै, सरकारले हाइड्रोजन प्रयोगको सम्बन्धमा नीति तर्जुमा समेत गरेको छ । यद्यपि, नेपालमा हाइड्रोजनलाई औपचारिक रूपमा व्यवहार्य इन्धन स्रोतको रूपमा मान्यता दिन तत्काल विशिष्टीकृत कानुन र नियमहरू लागू गर्न आवश्यकक छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३