विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले फेरी पेट्रोलियम पदार्थको मुल्य घटाएर पठाएको छ । आइओसीले आज (मंगलबार) पेट्रोलमा प्रतिलिटर १.९४ रुपैयाँ र डिजेलमा ४.८४ रुपैयाँका दरले घटाएर नयाँ मूल्य पठाएकाे हाे ।

एल.पि ग्यास र हवाई इन्धन (आन्तरिक तथा बाह्य) का खुद्रा बिक्री मुल्य भने यथावत नै  रहेकाे नेपाल आयल निगमले जनाएकाे छ । निगमले यस अघि असार ३२ गते पेट्रोलमा प्रतिलिटर १५.९५ र डिजेल/मटिट्तेलमा प्रतिलिटर १६.६९ रुपैयाँ घटाएर पठाएको थियो । यसैगरी साउन १६ गते पेट्रोलमा प्रतिलिटर १२.४५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १६.८० रुपैयाँ घटाएर पठाएको थियो ।

भारतले नयाँ मूल्य पठाए पनि अझै घाटामा रहेको भन्दै निगमले मूल्य समायोजन गरेको छ । हाल पेट्रोलियम पदार्थ प्रतिलिटर १८१, डिजेल/मटिट्तेल १७२, हवाई इन्धन आन्तरिक १९०, हवाई इन्धन बाह्य १ डलर, र एल.पी. ग्यास १८०० मा बिक्री भइरहेको छ । 

भारतीय आयल कर्पोरेसन आइओसीले बक्यौता तिर्न सरकारले नेपाल आयल निगमलाई ८ अर्ब रुपैयाँ ऋण दिने भएको छ । सरकारले ऋण तिर्ने सिमा ५ वर्ष राखेर निगमलाई रकम उपलब्ध गराउने भएको छ । 

राष्ट्रिय बाणिज्य बैंकसँग पनि करिब ३ अर्ब रुपैयाँ ऋण दिने प्रक्रिया अघि बढाएको निगमले जनाएको छ । यस्ले आइओसीलाई भुक्तानी गर्न केही सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit