विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत अार्थिक वर्ष (आव २०७८/७९) मा १४ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ ।

कम्पनीका अनुसार उक्त अवधिमा १४ करोड १० लाख १८ हजार ७ सय ८८ रुपैयाँ खुद नाफा आर्जन भएकाे छ । कम्पनीका विवरण अनुसार गत वर्षको तुलनामा नाफा बढेको हो । गत वर्ष १२ करोड ६० लाख ७४ हजार ६ सय ६८ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी ५१ करोड ९१ लाख ४५ हजार ५ सय १८ रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा विद्युतबाट भएको आम्दानी बढेको हो ।  गत वर्ष ३६ करोड ७२ लाख ८८ हजार ४ सय ४८ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको खुद नाफा बढे पनि अन्य स्रोतको आम्दानी भने गत वर्षको तुलनामा घटेको छ । यो अवधिमा कम्पनीले अन्य स्रोतबाट ८ करोड ७१ लाख २८ हजार ८ सय ५१ रुपैयाँ आम्दानी गरिएको छ भने गत वर्ष कम्पनीले अन्य स्रोतबाट ६३ करोड ३२ लाख ४४ हजार ५० रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले दार्चुला जिल्लामा ८.५ मेगावाटकाे नाैगड गाढ र ८ मेगावाटकाे माथिल्लाे नाैगड गाड जलविद्युत आयाेजना निर्माण गरी सञ्चालनमा ल्याएकाे छ । साथै, साेही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन रहेकाे छ ।

कम्पनीले राैतहटमा ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएको छ । १/१ मेगावाटको २ वटा सौर्य जलविद्युत आयोजना निर्माणाधीन छन् । कम्पनीले ८ मेगावाटको अर्को सौर्य विद्युत आयोजना निर्माण गर्न बैंक अफ काठमाडौंसँग वित्तीय व्यावस्थापन सम्झौता गरिसकेको छ ।

यसैगरी, राधी जलविद्युत कम्पनी लिमिटेड गत वर्षको तुलनामा करिब ५१ करोड घाटामा रहेकाे कम्पनीकाे त्रैमासिक विवरणमा उल्लेख छ । कम्पनीले सार्वजानिक गरेको गत आव २०७८/७९ को विवरण अनुसार कम्पनी घाटामा गएको देखिएको हो । 

असारसम्मको अवधिमा कम्पनी ५० करोड ९४ लाख ६३ हजार ४७ रुपैयाँ घाटामा रहेको वित्तिय विरणमा उल्लेख छ । गत वर्ष कम्पनीले ६१ करोड ४५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा घटेको हो ।

कम्पनीको यस अवधिमा  विद्युत बिक्रीबाट हुने आम्दनी भने बढेको छ । यो अवधिमा विद्युत बिक्री गरी १३ करोड ४९ लाख ६४ हजार ७ सय ९४ रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष विद्युत बिक्रीबाट १२ करोड ९७ लाख २७ हजार ३ सय ५८ रुपैया आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी गत वर्षको तुलनामा घटेको छ ।  कम्पनीले गत वर्ष अन्य स्रोतबाछ ४६ करोड १७ लाख ५६ रुपैयाा आम्दानी गरेको थियो भने यो अवधिमा ४३ लाख ५७ हजार ९ सय २३ रुपैयाँ आम्दानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit