images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार विद्युत महसुल संकलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणले विश्वकर्मा पूजा परेको हुनाले सबै आय संकलन केन्द्र बन्द गर्न लागेको हो ।

नो लाइट, सबस्टेसन वा अत्यावश्यक कार्यबाहेक सम्पूर्ण प्रशासनिक सेवा र आय संकलन काउन्टर बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अनलाइनबाट हुने विद्युत महसुल भुक्तानी सेवा भने बन्द हुने छैन् ।

देशभरका वितरण केन्द्रका अत्यावश्यक बाहेक सबै प्रशासनिक सेवा, विद्युत महसुल संकलन काउन्टर दिनभरी बन्द रहनेछ । प्राधिकरणका वितरण केन्द्रहरुले निषेधाज्ञा खुलेपछि महसुल संकलन कार्य तीव्र पारेका छन् । महसुल तिर्न अटेरी गर्ने ग्राहकको लाइन काटेर असुल्ने कार्य पनि भइरहेको छ ।

वितरण केन्द्रहरूले विशेष टोली बनाएर लाइन सुधार, ग्राहक सेवा, बक्यौता असुली तथा चुहावट नियन्त्रण अभियानको काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit