images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेद दिने अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि भदौ ३१ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोडको २५ प्रतिशत अर्थात  ८० करोड रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ८० लाख कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयका लागि जारी पूँजीको २० प्रतिशत अर्थात ३२ लाख कित्ता, अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडाँ नम्बर ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी गाविस) का स्थानीय बासिन्दाका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाको स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्कासन गरिएको हो । 

स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउने पाउँनेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

लगानीकर्ताले ग्लोबल आइएमी बैंकको दोर्दी र भोर्लेटार तथा हिलेका एक्टेन्सन, एनएमबी बैंकको भोटेवडा शाखा, सिद्धार्थ, बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माणाधीन छन् । कम्पनीले निर्माण आवधिको ब्याज सहित प्रति मेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४ सय ७ रुपैयाँ तथा कुल लागत १० अर्ब ३९ करोड अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit