विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला जलविद्युत कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ’ए’ जलविद्युत आयोजनाको वातावरणीय अध्ययन (इआरएमसी) प्रतिवेदन तयारका लागि गरेको ठेक्का प्रक्रियामा इआरएमसी/श्रेष्ठ/ ग्रीड जेभी छनोट भएको छ ।

डेढ वर्षमा प्रतिवेदन तयार पार्ने गरि बिहीबार इआएमसी/श्रेष्ठ/ग्रीड जेभीसँग सम्झौता भएको कम्पनीका साइड इन्चार्ज प्रभु सिलवालले बताए । उनका अनुसार  करिब ९२ लाख ८३ हजार रुपैयाँमा २०८० जेठभित्र प्रतिवेदन तयार गर्ने गरी सम्झौता भएको हो ।

कम्पनीले सेप्टेम्बर ३० मा आयोजनाको इआइए अध्ययनका लागि ग्लोबल बोलपत्र आह्वान गरेको थियो । जसमा आवेदन दिएकामध्ये ८ वटा कम्पनी प्राविधिक प्रस्तावमा पास भएर सर्टलिष्टमा परेका थिए । 

क्लास–डीइसी जेभी, इआरएमसी–श्रेष्ठ–ग्रीड जेभी, आइटीइसीइओ–आरआइएमसी–सितारा जेभी, पिनेट–इएससी–श्रेया्जेभी,राजदेवी–जीईओसीई जेभी, सीपीएल–टीएमएस जेभी र उदय–प्यारागन–सिग्नेचर जेभी सर्टलिष्टमा परेका थिए। त्यसमध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनी छनोट भएको हो । 

यो आयोजना १०६ मेगावाटको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानी प्रयोग गर्ने क्यासकेड आयोजना हो ।  यो आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । आयोजनाका लागि करिब ७ किमी मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । प्रतिवेदन अनुसार त्रिवेणीमा विद्युत गृह रहनेछ ।

यो पनि अर्ध जलाशययुक्त हो । माथिल्लो आयोजनाकै धेरै संरचनाहरू प्रयोग गर्ने हुँदा लागत समेत कम हुनेछ बताइएको छ । अध्ययन प्रतिवेदन अनुसार ६ घण्टामा पिकिङ दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit