विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत बिक्रीबाट हुने करिब ८० करोड रुपैयाँ आम्दानी गुमाइसकेको २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना अब सोलु कोरिडोर प्रसारण लाइनमा प्रवाह हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाले यो आयोजना प्रसारण सम्झौता अनुसारको लाइनमा प्रवाह हुन लागेको हो ।

विद्युत उत्पादन सुरु भएको २ वर्षपछि वैकल्पिक प्रसारण लाइन छोडेर सोलु कोरिडोरमा जोडिन लागेको प्रवर्द्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिजे श्रेष्ठले बताए । उनका अनुसार यो अवधिमा १ अर्ब ३५ करोड रुपैयाँ बढी आम्दानी हुनु पर्नेमा ठूलो हिस्सा गुम्दा करिब ५५ करोड रुपैयाँ मात्रै आम्दानी भएको छ ।

प्रसारण लाइनको समस्याले प्रवर्द्धक कम्पनीले मासिक औसत ३ करोड २४ लाख रुपैयाँ बढी आम्दानी गुमाउँदै आएको थियो । हिउँदमा समस्या नरहे पनि बर्खामा २३.५ मेगावाटको आयोजना ६ मेगावाटमा चलाउनु पर्ने बाध्यता थियो । ३३ केभी लाइनले लोड नलिँदा बर्खाको विद्युत खेर जाने गरेको थियो । 

‘हिउँदमा उत्पादन कम हुने हुँदा विद्युत खेर जाने समस्या खासै थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘बर्खामा १७ मेगावाट विद्युत खोलामा बगाउनु पर्ने बाध्यताले आम्दानीको ठूलो हिस्सा गुमिरहेको थियो । सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि अब आउने बर्खादेखि पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने लागेको छ ।’ 

उनले आयोजनाको विद्युत सोलु कोरिडोरमा प्रवाह गर्न अहिले ३३ केभी प्रसारण लाइनबाट हुने प्रवाह रोकिएको बताए । सोलु कोरिडोरमा जोड्नका लागि बुधबारदेखि आयोजनाको उत्पादन बन्द छ । उत्पादन २ दिनदेखि बन्द गरिए पनि प्रसारण लाइन अन्तर्गतको तिन्ला सबस्टेसन १३२ केभीमा स्तरोन्नति काम भइरहेकाले तत्कालै जोड्न नसकिएको उनले बताए ।

‘प्रसारण लाइन सञ्चालनमा आएपछि त्यहाँ जोड्न भनेर ३३ केभी लाइनबाट छुटाउन आयोजनाबाट उत्पादन बन्द गर्यौं । तर, तिन्ला सबस्टेसन १३२ केभीमा स्तरोन्नति भइरहेकाले हाम्रो आयोजनाको विद्युत १३२ केभी सबस्टेसनमा जोड्न पाएका छैनौं । विद्युत प्राधिकरणले यो काम सम्पन्न गरेपछि आयोजनाको उत्पादन सुचारु गर्छौं’ उनले भने ।

सबस्टेसन स्तरोन्नतिको काम अहिले भइरहेको र यो सकिएपछि सोलु खोला जोडिने सोलु कोरिडोर प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख यादव घलेले बताए । उनका अनुसार सोलु खोलाको विद्युत बुधबार साँझ नै जोड्न खोजिए पनि प्राविधिक समस्या आएकाले नसकिएको बताए ।

सोलु कोरिडोरको तिन्ला सबस्टेसनमा जोडिने गरी सोलु बेसिनमा अहिले ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । सोलु कोरिडोरमा यस क्षेत्रमा निर्माण भएका विद्युत आयोजनाको ३२५ मेगावाट विद्युत प्रवाह गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit