विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इङ्वा हाइड्रो पावर लिमिटेडको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

सय रुपैयाँ अंकित १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको कम्पनी सचिव गोकुल पाण्डेले बताए । ‘बोर्डले बुधबार (फागुन ३ गते) सेयर निष्कासन अनुमति दिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब दुई साताभित्र पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा भएका नेपाली नागरीकहरूका लागि सेयर निष्कासन गरिनेछ ।’ दास्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोजना निर्माणाधीन छ् । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit