विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले प्रतिलिटर पेट्रोलमा ०.८६ रुपैयाँ र डिजेलमा १.५० रुपैयाँ घटाएर पठाएको छ ।

आइओसीले बुधबार (चैत २ गते) पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको भन्दै भारतीय कम्पनीले इन्धनको मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बैंकिङ क्षेत्रमा विश्वासको संकट बढ्दै गएकोले आर्थिक मन्दी आउन सक्ने र यसले माग घटाउने चिन्ता देखिएको छ । यही कारण अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य झण्डै ५ प्रतिशतले घटेर एक वर्षयताकै न्यून स्तरमा पुगेको छ । 

कच्चा तेलको मूल्य सीमा सन २०२१ को डिसेम्बरयता न्यून रहेको रोयटर्सले जनाएको छ । तीन दिनसम्म लगातार घटेको कच्चा तेलको मूल्य ३.७६ अमेरिकी डलर अर्थात् ४.९ प्रतिशतले घटेर ७३.६९ अमेरिकी डलर प्रति ब्यारेल कायम भएको छ ।

गत फागुन १ गतेदेखि लागू भएको पुरानो मूल्यमा निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा कमाउँदै आएको थियो । नयाँ मूल्यमा सरकारी स्वामित्वको तेल एकाधिकारको पाक्षिक नाफा ६० करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit