विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङको कालंगा खाेला बेसिनमा निर्माणाधीन १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाकाे निर्माण ९५ प्रतिशत पूरा भएको छ । कालंगा हाइड्रो इनर्जीले निर्माण गरेको आयोजनाबाट आगामी साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

अहिले आयोजनाको सिभिल संरचनाको काम ९९ प्रतिशत पूरा भएको आयोजना संयोजक सुनिल रेग्मीले बताए । ‘बाँध क्षेत्रको काम सकियो’ उनले ऊर्जाखबरसँग भने, ‘पेनस्टक पाइपलाइनको पनि ४० मिटर मात्र पाइप बिछ्याउन बाँकी छ ।’ विद्युतगृहको सिभिल संरचनाको काम पूरा गरी इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । उपकरण जडानको काम बैशाखभित्र पूरा गर्ने लक्ष्य रहेको रेग्मीले बताए ।

आयोजनाको सबै काम असारभित्र सम्पन्न गरी साउनको पहिलो साताबाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादीत विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । प्रसारण लाइनको १ सय १९ वटा टावरको जग खन्ने काम पूरा भएको छ । १२ वटा टावर ठड्याइएको छ । बाँकी १ सय ७ वटा टावर बैशाखभित्र खडा हुनेछ ।

कोरोना (कोभिड–१९) महामारीको असरले प्रसारण लाइनको उपकरण आयात प्रभावित हुँदा काम सम्पन्न गर्न ढिला भएको कम्पनीले जनाएको छ । यसअघि आयोजनाबाट गत साउनदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो । कोरोना महामारीले आयोजनाको निर्माण ठप्प हुँदा विद्युत उत्पादन तालिका प्रभावित भएको हो ।

आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । कालंगा बेसिनमा कालंगागाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit