विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको मार झेलेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना अब भने राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ८ वर्षमा निर्माण पूरा भई आन्तरिक परीक्षण सकिएको आयोजना आगामी सोमबार (चैत ९ गते) देखि प्रणालीमा जोडिन लागेको हो ।

अबको ५ दिनमा आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सबै तयारी पूरा भइसकेको प्रवद्र्धक शिवश्री हाइड्रो पावर कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । ‘हाम्रोतर्फबाट गर्नुपर्ने संरचनाको परीक्षण सकिएको छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘अब नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर आयोजनाको विद्युत प्रणालीमा जोड्छ ।’ 

उनले विद्युत प्राधिकरणको प्राविधिक टोली पर्खिँदा परीक्षणपछि पनि विद्युत उत्पादन सुरु गर्न केही समय लागेको बताए । विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन सुरु भएपछि १५ दिनसम्म निशुल्क विद्युत पाउने छ । 

२ साताको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने पनि कसजुले बताए । आयोजनाले उत्पादन गर्ने विद्युत लामोसाँघु सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म आवश्यक २२ किलो मिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । 

डेढ वर्षअघि चाकु खोलामा आएको भीषण बाढीले विद्युतगृहमा जडान भएका इलेक्ट्रोमेकानिकल उपकरण बगाउँदा आयोजनाबाट  लक्ष्यअनुसार विद्युत उत्पादन हुन सकेको थिएन । बाढीले बगाएका उपकरणहरूको स्थानमा फेरि नयाँ आयात गरेर जडान गर्नु परेकाले विद्युत उत्पादन सुरु गर्न समय लागेको कम्पनीले जनाएको छ ।

खोलाको बाढीले बगाउँदा  आयोजनामा कार्यरत २ जना कामदारको ज्यानसमेत गएको थियो । २०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित हुँदै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीले जनाएकाे छ ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपको मारमा परेका कारण लागत केही बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit