विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि खुल्ला गरेको सेयर आवेदन साँझ ५ बजेबाट सकिन लागेको हो । 

सिनर्जी पावर डेभलपमेन्टले चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजारको २ः१ को अनुपातमा  हुन आउने सय रुपैयाँ अंकितका दरले ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेकोे छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

कम्पनीको दोलखामा १० मेगावाटका सिप्रिङ खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यस आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

यसैगरी, अरुण काबेली पावर जारी पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन गरि बाँडफाँड गर्न नबिल इन्भेस्टमेन्ट बैकिङ्ग बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनबाट संकलन भएको रकममध्ये ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि–१ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दिर्घकालिन ऋण आंशिक तिर्न तथा १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरी काबेली ए जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३