विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । दुवै कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैंठकले आफ्ना सेयरधनी सदस्यका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेका हुन् । 

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १०० प्रतिशतका दरले हुन आउने १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम सम्पन गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको प्राइम बैंकको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् र बाँकी स्वपुँजी लगानी छ ।

यसैगरी, दोर्दी खोला जलविद्युतले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ताँ हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले १०० प्रतिशतका दरले हुन आउने १ः१ का अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले लमजुमङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit