images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् पञ्चेश्वर विकास प्राधिकरणका कार्यकारी निर्देशक (वातावरण) रामगोपाल खर्बुजाको ५४ वर्षको अल्पायुमै असामयिक निधन भएको छ । उनको आज (मंगलबार, असोज ३० गते) करिब ११.३० बजे निधन भएको प्राधिकरणले जानकारी दिएको छ ।

लामो समयदेखि मन्त्रालय अन्तर्गत विद्युत विकास विभाग, जल तथा मौसम विज्ञान विभाग लगायत निकायको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका खर्बुजा पछिल्लो ५ वर्षदेखि मन्त्रालयको वातावरण महाशाखाको प्रमुखको भूमिकामा थिए । उनलाई मन्त्रिस्तरीय निर्णयअनुसार गत भदौ २५ गते पञ्चेश्वरको जिम्मेवारीमा पठाएको थियो ।

२०२६ साल पुस ४ गते भक्तपुरमा जन्मेका गर्बुजाले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट सिभिल इन्जिनियरिङ र बैंककको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआइटी) बाट स्नातकोत्तर गरेका थिए । २०५३ कात्तिक १९ गतेबाट नेपाल सरकारको सेवा प्रवेश गरेका उनी २०७२ माघ २२ गते सहसचिवमा बढुवा भएका थिए ।

पेटको क्यान्सर रहे पनि त्यसको सफल उपचारपछि सामान्यरूपमा सेवामा फर्किएका उनले अचानक स्वास्थ्य अवस्था प्रतिकूल भएपछि उपचार सुरु गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मधुप्रसाद भेटुवालले जानकारी दिए । ‘प्राधिकरणको ५औं बैठकसम्म उहाँ सामान्य नै हुनुहुन्थ्यो,’ उनले मंगलबार महेन्द्रनगर कार्यालयबाटै ऊर्जा खबरसँग भने, ‘अचानक असहज भयो भनेर उपचारका लागि काठमाडौं जानुभएको हो, आज त यस्तो दुर्घटना सुन्नुपर्‍यो ।’

सरकारी सेवामा स्वच्छ छवी, इमान्दार, प्राविधिक क्षेत्रमा अब्बल, अनुभवी एवम् कर्तव्यनिष्ठ राष्ट्र सेवकको रूपमा चिनिएका खर्बुजाका श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit