विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान), इन्टरनेशनल सेन्टर फर हाइड्रोपावर (आइसिएच) र अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को सहआयोजनामा दिगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

काठमाडौंको मेरियट होटलमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरूको सहभागीता थियो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरूको क्षमता वृद्धिका लागि आइसिएच र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा आयोजना गरिएको तालिमले नवीकरणीय ऊर्जाका लागि वित्तीय व्यवस्थापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइसिएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्तीय व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् । 

सामाजिक–पर्यावरण द्वन्द व्यवस्थापन विषयक ५ दिने तालिम 

यसैगरी, इप्पान र आइसिएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक–पर्यावरण द्वन्द व्यवस्थापन सम्बन्धी ५ दिने तालिम पनि केही दिनअघि मात्र सम्पन्न भएको छ ।

चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौंमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका बारेमा आइसिएचका तर्फबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । 

तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरूको सहभागीता थियो । सहभागीहरूलाई इपानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् । इपान र आइसिएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit