विद्युत अपडेट

  • प्राधिकरण : ७९०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ९०५७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५६३९ मे.वा.घन्टा
  • आयात : ५५२ मे.वा.घन्टा
  • निर्यात : ४७६२ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४३३०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२६९ मे.वा.
२०८२ पुस २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

रसुवा । सालासुङ्गी पावर लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत् केन्द्रको १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन् । चाइना हार्बर इन्जिनियरिङ कम्पनी  र वाइड रिसोर्सेस लिमिटेड हङकङको ९२ प्रतिशत संयुक्त लगानी र नेपाली साझेदारको ८ प्रतिशत लगानी गरी निजी क्षेत्रबाट निर्माण भएको उक्त केन्द्रको सेयर रसुवाका स्थानीयवासीलाई वितरण गरिने भएको हो । 

स्थानीय बासिन्दाको मागबमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । सेयर पाउनुपर्ने माग गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दालाई सेयर दिन आयोजना तयार भएको हो ।

निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाटको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । विद्युत्‌गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३ हजार ४ सय मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

आमाछोदिङ्मो गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीय बासिन्दालाई सेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थगित भएका जानकारी दिए ।

स्थानीयस्तरको जल, जङ्गल र जमिन एवं प्राकृतिक स्रोत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ सेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३