images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ देखि निर्माण सुरु भएको थियो ।

सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले बताए ।

‘आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘आयोजना सुरु भएदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तिय प्रगति ३९.३८ प्रतिशत छ ।’

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४०.१० प्रतिशत वित्तीय प्रगति गरेको छ । विनियोजित ७५ करोड ४८ लाख रुपैयाँ बजेटमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रुपैयाँ खर्च भएको पनि उनले जानकारी दिए ।

चालु आवमा आयोजनाको पूर्वी मूलनहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि पूर्वतयारी हुँदैछ,’ उनले भने, ‘पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भई निर्माण सुरु गर्ने, गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत पूर्वतयारीको काम सुरु हुनेछ ।’

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए । आव २०६२/६३ मा सुरु भएको आयोजना संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनका अनुसार संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit