विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२/३३/११ केभी भरतपुर सबस्टेसनको विद्युत लाइन २ दिनका लागि काट्ने भएको छ । प्राधिकरण हेटौंडा ग्रिड शाखाले सबस्टेसनको मर्मत गर्न चैत ७ र ८ गते सबस्टेसनबाट वितरण हुने सबै ११ केभी फिडरको लाइन काट्न लागेको हो ।

गर्मी बढ्दै गएकाले विद्युतको बढ्दो माग व्यवस्थापन गर्न २ दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घन्टा विद्युत आपूर्ति बन्द हुने ग्रिड शाखाले जनाएको छ । विद्युत आपूर्ति बन्द गरेर ११ केभी इन्कमर तथा बसकप्लर ब्रेकरको स्तरोन्नति गरिनेछ ।

ग्रिडा शाखाले सबस्टेसनको मर्मत अवधिभर अस्पताल र नारायणगढ फिडरको समेत सेवा अवरुद्ध हुने हुँदा वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ । विद्युत आपूर्ति पूर्णरूपमा बन्द हुँदा भरतपुर क्षेत्रको सेवा दिनभर प्रभावित हुनेछ । प्राधिकरणले सबस्टेसन, प्रसारण तथा वितरण लाइनको मर्मत एवं स्तरोन्नति गर्न सार्वजनिक सूचना निकालेर विद्युत लाइन काट्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit