विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विभिन्न तहमा रोजगारी खुलेको छ । केन्द्रले रिक्त स्थानमा लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

५ र ७ तहको २ रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ७ तहका लागि एक जना इन्जिनियर आवश्यक छ । इन्जिनियरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वातावरण इन्जिनियरीङ्ग, सिभिल इन्जिनियरीङ्ग, मेकानिकल इन्जिनियरीङ्ग, इलेक्ट्रिकल इन्जिनियरीङ्ग, इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशन इन्जिनियरीङ्ग वा कृषि इन्जिनियरीङ्ग विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तिर्ण गरेको हुनु पर्नेछ ।

यस्तै, ५ तहका लागि एक जना सब इन्जिनियरको पदपूर्ति गर्नका लागि आवेदन माग गरिएको छ । सब इन्जिनियरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ऊर्जा वा सिभिल इन्जिनियरीङ्ग वा मेकानिकल इन्जिनियरीङ्ग वा इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशन इन्जिनियरीङ्ग वा कृषि इन्जिनियरीङ्ग विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने केन्द्रले जनाएको छ ।

योग्य इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले २१ दिन (चैत २५ गते) भित्र आवेदन दिइसक्नु पर्नेछ । थप ७ दिन दोम्बर दस्तुरमा आवेदन दिन सकिनेछ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको  प्रमाणपत्रको प्रतिलिपि र पासर्पोट साइजको २ वटा फोटोसहित आवेदन बुझाउनु पर्नेछ ।

कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि पनि आवेदन माग

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि पनि आवेदन माग गरेको छ । ७ तहका लागि एक जना इन्जिनियर र ६ तहका लागि एक गुणस्तर नियन्त्रण अधिकृतको रिक्त पद बढुवा गरी पूर्ति गर्न लागिएको केन्द्रले जनाएको छ । 

आवेदकले कर्मचारी सेवाशर्त नियमावली, २०६६ को परिच्छेद ७ बमोजिम आगामी ३० दिनभित्र (बैशाख ४ गते) भित्र आवेदन बुझाइसक्नुपर्नेछ । आवेदकले बढुवा दरखास्तका साथ पदमा नियुक्त/बढुवा भएको पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रसहित स्वयम प्रमाणित गरी पेश गर्नुपर्ने केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३