विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी जलविद्युत कम्पनीले बैंशाख १३ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रूपैयाँमा अंकित १० करोड ५४  लाख २६ हजार रूपैयाँ बराबरको १० लाख ५४ हजार २ सय ६० कित्ता साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दा (साविकको भारते, अर्चनबोट, थीमन्ज्याङ, नौचर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिमेटक्सार) का लागि निष्कासन गरिनेछ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा बैशाख २७ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट बैशाखभित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit