विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ५५ प्रतिशत पूरा भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।

आयोजनाको सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको सबैभन्दा कठिन मानिने ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रू’ भएको छ । १९६ मिटर ठाडो सुरुङ सोमबार ब्रेक थ्रू भएको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले बताए ।

आयोजनाको अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको ५४१ मिटरमध्ये ३७० मिटर सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । ६२७० मिटर लामो सुरुङमध्ये हालसम्म ४३३४ मिटर निर्माण सकिएको छ । आयोजनाको सबै काम पूरा गर्न अझै २ वर्ष लाग्ने पनि कम्पनीले जनाएको छ ।

वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युत गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड-१९) महामारी नियन्त्रण गर्न गरिएको लकडाउन तथा निशेधाज्ञाका कारण निर्माण प्रभावित भएको हो ।

लकडाउनका बेला आयोजना स्थलमा निर्माण सामाग्री ढुवानीमा समस्या हुँदा काम प्रभावित हुँदा उत्पादन धकेलिन पुगेको हो । आयोजना स्थल दुर्गम क्षेत्रमा पर्ने हुँदा बर्खामा निर्माण सामाग्री ढुवानीमा हुने समस्याले पनि काम प्रभावित हुने गरेको कम्पनीले बताउँदै आएको छ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । भारतीय ठेकेदार आइभिआरसिएलसँग पहिलो पटक २०६७ कात्तिक १८ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । ठेकेदारले अनेक बाहना देखाउँदै काम नगरेपछि प्राधिकरणले २०७२ असार ३ गते सम्झौता रद्द गरेको थियो । त्यसपछि करिब ३ वर्षसम्म अलपत्र अवस्थामा पुगेको आयोजना प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अघि बढाएको हो ।

२०६७ सालमा ठेक्का पाएको आइभिआरसिएलले झन्डै ५ वर्षसम्म आवास निर्माण तथा ६४ मिटर सुरुङमात्र खनेको थियो । यसका लागि करिब १ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको थियो । अहिले आयोजनामा स्थानीयको पनि सेयर लगानी गर्ने गरी निर्माण अघि बढाइएको छ ।

दुई भाग (लट–१ सिभिल तथा हाइड्रो मेकानिकल र लट–२ इलेक्ट्रो मेकानिकल) मा बाँडेर निर्माण गरिने आयोजनाको पहिलो लटको ठेक्का २०७४ मंसिर ५ गते (सन २०१७ नोभेम्बर २१) मा भएको थियो । प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजना ३२ मेगावाट क्षमतामा निर्माण सुरु गरिएको थियो । पहिलो ठेक्का रद्द गरेपछि आयोजनाको क्षमता समेत संशोधन गरी कम्पनीमार्फत अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit