विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएसँगै प्रवद्र्धक कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । आइतबार आयोजनाको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता ४३३ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य आइतबार सकारात्मक सर्किट लागी ४३ रुपैयाँ बढेर ४७६ रुपैयाँ पुगेको हो । कम्पनीको ९८ हजार ३ सय ९२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भई कारोबार सुरु भएपछि उच्च मूल्य प्रतिकित्ता ५५४ रुपैयाँसम्म पुग्दा न्यून मूल्य प्रतिकित्ता ३०६ रुपैयाँमा झरेको थियो । कम्पनीले निर्माण गरेको आयोजना गत शुक्रबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाको विद्युत १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइनको सिंगटी सबस्टेसनमा जोडिएको छ । 

यस्तै, आइतबार कारोबार बन्द हुँदा जलविद्युत समूह ४५.५ अंकले बढेको छ । जलविद्युततर्फ सिंगटीसँगै २७ मेगावाटको दोर्दी खोलाको प्रवद्र्धक हिमालयन पावर पार्टनर, ५ मेगावाटको सिउरी खोलाको प्रवद्र्धक ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आइतबार गुमाउनेमा अप्पर तामाकोसी, रिडी, अरुण भ्याली राधी विद्युत कम्पनीका लगानीकर्ता छन् । 

बैंकको ब्याजर कम भई जलविद्युत कम्पनीहरूको वित्तीय विवरणमा सुधार भएपछि जलविद्युतमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । कुनै बेला ५० रुपैयाँमा झरेको जलविद्युत कम्पनीहरूको सेयर मूल्य अहिले ६ सय प्रतिशतसम्म बढेको छ ।

युनियन हाइड्रो पावर, रिडी हाइड्रो पावर डेभलपमेन्ट, बरुण हाइड्रो, छ्याङ्दी हाइड्रो पावर, घलेम्दी हाइड्रो पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रो पावर डेभलपमेन्ट र नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य अधिक बढेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit