विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रामेछापमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु खोला जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्ती सम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र श्वेत–गंगा हाइड्रोपावरको तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले  हस्ताक्षर गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण तथा कर्मचारीलाई ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर कम्पनीको जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३०% हो ।

कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट आवेदन दिने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यू खिम्ती सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit