विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा ३ महिनापछि बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाटको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्‌गृह मर्मतपछि विद्युत् आपूर्ति भएको हो ।

गत असार अन्तिम साता आएको बाढी पहिरोले विद्युत्‌गृहमा क्षती पुर्याएको थियो । जसले गर्दा यो क्षेत्रको विद्युत आपूर्ति बन्द थियो । विद्युत्‌गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब ४०० परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर ३ महिनापछि मंगलबारदेखि विद्युत् आपूर्ति भएको लमसुङका भक्त सिंकिजा पुनले बताए ।

‘दशैं–तिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ,’ उनले भने, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’

दरखोला दोस्रो लघुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले ५ लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिले ५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गौचनले पहिरोले पुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए । परियोजना सञ्चालन भएपछि ४ वटा बस्तीका ३७० परिवार लाभान्वित भएका छन् ।

‘नहरबाट आएको पानी संकलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्‌गृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भने, ‘पेनस्टक पाइप, विद्युत्‌गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’

२०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर ६ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो ।

परियोजना पुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिराले लघुजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।

‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड रुपैयाँ बजेटको ठेक्का सम्झौता गरेको छ,’ उनले भने, ‘लुलाङको विद्युत्‌सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit