images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले १८१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । लाइन काटिएको ६ महिनासम्म पनि बाँकी बक्यौता महसुल भुक्तानी नगरेपछि उनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो ।

केन्द्रले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १८१ ग्राहकलाई कालोसूचीमा राखेको हो । विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखी बक्यौता असुल्न कारबाही अघि बढाएको केन्द्रले जनाएको छ । केन्द्रका लेखा प्रमुख बुद्धिसागर भुसारका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट ७० लाख ४७ हजार ९६० रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ ।

कालोसूचीमा रहेकामध्ये ३६ ग्राहकले जरीवानासहितको बाँकी बक्यौता बुझाएपछि कालोसूचीबाट हटाइएको छ । उनीहरूले ११ लाख ६३ हजार ३९५ रुपैयाँ बक्यौता बुझाएका छन् । बाँकीले पनि जरिवानासहितकाे बक्याैता बुझाएपछि कालाेसूचीबाट हटाइ लाइन जाेडिनेछ ।

कालोसूचीमा राखिएका सेवाग्राही सरकारी स्तरबाट प्राप्त हुने सबै सेवा सुविधाबाट वञ्चित हुनेछन् । केन्द्र अन्तर्गत अहिले करिब ८५ हजार ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit