काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका एक कर्मचारीलाई साढे १९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बुधबारको निर्णयले उक्त निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार घाइते कर्मचारीलाई उपचार र क्षतिपूर्ति गरी १९...
काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले देशभर दीप प्रज्वलन गर्ने भएको छ । विपत्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावितहरूको सुरक्षित...
बाजुरा । पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण वित...
दोलखा । सिँगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण पूरा हुन नसकी अलपत्र परेको छ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित १६ वर्षअघि ठेक्का लागेको आयोजनाको एउटा सर्किट ५ वर्षअघि निर्माण पूरा भई सञ्चालनमा आएको थियो तर अर्को सर्किटको निर्माण पूरा गरी हालसम्म सञ्चा...
काठमाडौँ । भोटेकोसीकाे विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाह प्रभावित हुन नदिन आफ्ना सम्पूर्ण कार्यालय र कर्मचारीहरूलाई उच्च सतर्कताका साथ खटिन निर्देशन दिएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण उत्पन्न विषम...
काठमाडौँ । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार गरिएको छ । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका ती कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको हो । उद्धार गरिएका कर्मचारीहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेक...
काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध बनेको नुवाकोटको बट्टार तथा त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा वैकल्पिक व्यवस्था मिलाई प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणले बालाजु–त्रिशूली...
काठमाडौँ । विद्युत् पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवाका बाढी प्रभावित क्षेत्रमा बत्तीको व्यवस्था गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५०० सोलार पावर बैंक पठाउने तयारी गरेको छ । मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर उक्त व्यवस्था गर्न लागेको हाे...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा सुचारु गरेको छ ।
बाढीका कारण प्रभावित खरानीटार, समुद्रटार, चौघडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट व...
काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजना, सडक, पुल तथा भौतिक पूर्वाधारमा भएको ठूलो क्षतिप्रति नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले गम्भीर दु:ख व्यक्त गर्दै तत्काल त्यसमा जुट्न सरोकारवाला निकायलाई आह्वान गरेका छन् ।
प्राधिकरणका क्रियाशील ५ वटा ट्रेड युनियन...