विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आज (बुधबार) नबिल बैंक लिमिटेडका ३७ वटा शाखा कार्यालय खुल्ला गरिने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसका कारण शाखा कार्यालहरू ४ घण्टाका लागि खोल्न लागिएको हो ।

बिहान १० बजेदेखि २ बजेसम्मका शाखा कार्यालय खुल्ला हुने बैंकले जानकारी दिएको छ । प्रदेश–१ का ४, प्रदेश¬–२ का १०, बागमतीका ५, गण्डकीका ४, लुम्बिनीका ५, कर्णालीका ४ र सुदूरपश्चिमका ५ शाखा खुल्ला हुनेछन् ।

प्रदेश–१ का बिर्तामोड, दमक, उर्लाबारी शाखा खुल्ला रहनेछन् । हिले शाखा भने ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्ला रहनेछ । प्रदेश–२ का वीरगन्ज, जनकपुर, लहान, सिमरा, बर्दीबास, गोलबजार, पावरहाउस, चन्द्रपुर, मिर्चैया र सिरहा शाखा खुल्ला रहनेछन् ।

बागमतीका अत्तरखेल, बालाजु, भैंसेपाटी, सिनामंगल र तीनधारा शाखा खुल्नेछन् । गण्डकीको बेँसीसहर खुल्नेछ । पोखरा, तालचोक शाखा ११ बजेदेखि २ बजेसम्म र दलदले १२ बजेसम्म खुल्ला रहनेछ । लुम्बिनीको घोराही, कोहलपुर, लमही, तुलसीपुर ११ बजेदेखि १ बजेसम्म खुल्नेछन् । बाँसगढी शाखा ८ देखि ११ बजेसम्म खुल्ला रहनेछ ।

कर्णालीको बराहताल, दार्मा, पचालझरना, पलाता र सुदुरपश्चिमको आलिताल, पञ्चेश्वर, रामारोशन, सायल र तुुर्माखाँद शाखा खुल्ला गरिनेछ । बैंकले सोमबार र मंगलबार पनि ४ घन्टाका लागि शाखा कार्यालयहरू खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit