विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा ९३ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ६७औँ बोर्ड बैठकले उक्त लगानी स्वीकृत गरेको हो । बैठकले परियोजना विकास सम्झौता (पिडिए) का लागि वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ । 

त्यस्तै बोर्ड बैठकले ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्र मस्यौदा स्वीकृत गरी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई अनुमतिपत्र जारी गर्न अख्तियारी दिएको छ । बैठकले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘डाइरेक्ट एग्रिमेन्ट’ मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । 

यसैगरी, बैठकले ८०० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरेको छ ।

बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंक‍ गभर्नर डा. विश्वनाथ पौडेललगायतको बैठकमा उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३