विद्युत अपडेट

  • प्राधिकरण : ८२८६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८७२२ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २४५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४६८९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५८१ मे.वा.
२०८० मङ्सिर १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाको विद्युत् पुसभित्र राष्ट्रिय प्रसारण प्रणालीमा  जोडिने भएको छ । कम्पनीले २०७० सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको सबै संरचनाको काम एक साथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको सिभिल संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाका  लागि आवश्यक सबै उपकरणहरू आयोजनास्थलमा पुगिसकेका छन् ।

अहिले इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । आयोजनाको सबै काम पूरा गरेर पुसभित्र उत्पादन थाल्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ । निर्माण पूरा भएपछि उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने तालिका भएपनि विगतमा झेल्नु परेको विभिन्न प्राकृतिक प्रकोप लगायतका घटनाहरू भूकम्प, बाढीपहिरो, नेपाल भारत  सीमा अवरोध, विभिन्न सरकारी तथा अर्धसरकारी निकायबाट पाउनुपर्ने स्वीकृतमा ढिलाइ, ठेकेदारको कार्र्यसम्पादनमा ढिलाई कोभिड–१९ लगायत विविध कारणले गर्दा आयोजना सम्पन्न हुने मिति लम्बिदै गएको पनि कम्पनीले जनाएको छ ।

यही कम्पनीले १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ । यो आयोजनाको विद्युत् साउन २० गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : सान्जेन खोला जलविद्युत् आयोजना

प्रवर्द्धक : सान्जेन जलविद्युत् कम्पनी लिमिटेड

आयोजनास्थल: रसुवा

क्षमता: ४२.५ मेगावाट

निर्माण सुरु भएको मिति: २०७० साल

सुरुङ: ३६३० मिटर

पेनस्टक पाइप: १०८१ मिटर 

विद्युत जोडिने विन्दु: चिलिमे हब–सबस्टेसन

अनुमानित लागत:  ५ अर्ब २ करोड ४२ लाख

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit