विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अविरल वर्षासँगै बुधबार गएको पहिरोबाट सुस्ता पश्चिम बर्दघाटको दुम्कीबास–दाउन्ने–सिजी सिमेन्ट उद्योग क्षेत्र परिसरमा विद्युत सेवा अवरुद्ध भएको छ । उक्त क्षेत्रको १३२÷११ केभीको प्रसारण लाइनको पोल ढलेपछि सेवा अवरुद्ध भएको हो ।

प्रसारण लाइनको टावर नै ढलेपछि सेवा अवरुद्ध भएको र त्यहाँका बासिन्दाहरू अन्धकारमा बस्नु परेको बर्दघाट वितरण केन्द्र प्रमुख दिगम्बर यादवले ऊर्जा खबरलाई बताए । उनका अनुसार मुख्य सडमै पहिरो गएका कारण हिजो (बुधबार) दिनभर सवारी साधानको आवतजावत समेत बन्द भएको थियो ।

सेवा अवरुद्ध भएका ठाउँमा विद्युत सेवा आपूर्तिका लागि लाइन निर्माण गर्न टोली खटाइएको छ,’ उनले भने, ‘लाइन निर्माण गर्न आज दिनभर लाग्न सक्ने हुँदा शुक्रबारसम्म आपूर्ति सुचारु गर्न सकिने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३