विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ । इपानको विधानमा आवश्यकताअनुसार विभिन्न समितिहरू गठन गर्न सक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरूको समिति गठन गरिएको हो ।

ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरूलाई समितिमा मनोनयन गरिएको छ । जसमा पुर्व अर्थमन्त्री एवं जलश्रोत सचिव डा. शंकर कोइराला, इपानका पुर्वअध्यक्षहरू डा.सुवर्णदास श्रेष्ठ, डा.सन्दिप शाह, जलविद्युत् उद्यमी डा.आत्माराम घिमिरे, जलविद्युत् विज्ञ डा. कृष्णप्रसाद दुलाल, ज्ञानेन्द्रलाल प्रधान, पुर्व कानुन सचिव उदय नेपाली श्रेष्ठ रहेका छन् ।

त्यस्तै,  भुराजनितिक विश्लेषक एवं जलविद्युत् उद्यमी अरुणकुमार सुवेदी, पुर्व जलश्रोत राज्यमन्त्री एवं उद्यमी हरिप्रसाद पाण्डे, उद्यमी मोतिलाल दुगड, पुर्व उर्जासचिव सुमन शर्मा, उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्षहरू प्रदिपकुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत अभियन्ता कृष्णप्रसाद भण्डारीलाई मनोनयन गरिएको इपानले जनाएको छ ।

इपान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इपानका अध्यक्ष गणेश कार्कीले बताए । कार्यमसितिले विज्ञ सल्लाहकारहरूबाट आवश्यक परामर्श लिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३