विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनआईसी एसिया क्यापिटलद्धारा सञ्चालित पहिलो खुलामुखी योजनाको ‘डेभिडेन्ट रि–इन्भेसमेन्ट प्लान’ सञ्चालन भएको छ । एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि ‘डेभिडेन्ट रि–इनभेसमेन्ट प्लान’ सञ्चालन गरिएको हो । 

उक्त योजनामा सहभागी हुनको लागि एनआईसी एसिया क्यापिटलको वेभसाइटwww.nicasiacapital.com jf https://nicddf.nicasiacapital.com/Modules/MainPage/DREPRegistration.aspx मा क्लिक गरि रितपुर्वक विवरण भर्न सकिनेछ ।  साथै, ‘डेभिडेन्ट रि–इनभेसमेन्ट प्लान’ मा भदौ १० गतेसम्म आवेदन दिने इकाईधनीहरु मात्र सहभागी हुन सक्नेछन् ।

एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त प्रतिफल वितरण गर्नको लागि गत साउन २८ गते इकाईधनी दर्ता किताव बन्द गरिसकेको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३