विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५, तिलोचे स्थित निर्माणाधीन ७८ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । जलविद्युत आयोजनाको प्रवर्द्धक सालासुङ्गी पावर प्रा.लि ले लाइनको काम अघि बढाएको हो ।

अध्ययन पूरा भएको आयोजनाको निर्माण अनुमतिका लागि आवेदन परेको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार कम्पनीलाई निर्माण अनुमति दिन ३५ दिने सूचना जारी गरिएको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ ।

लाइन आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनसम्म ७.५ किलोमिटर निर्माण हुने कम्पनीले जनाएको छ । लाइनमा २१ वटा टावर निर्माण हुनेछ ।

टावरको उचाई १५ देखि ३५ मिटर तथा टावरहरूबीचको दुरी न्यूनतम ३५० देखि अधिकतम ७०० मिटरसम्म हुनेछ । लाइन निर्माणका लागि कूल १३.५ हेक्टर जमिन आवश्यक पर्ने अध्ययनले देखाएको छ । लाइनको काम २०८० असोजभित्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit