विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पुवा खोला वान हाइड्रो पावर कम्पनीले २१ मेगावाटको आयु मलुन खोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले प्रदेश नम्बर १ को ओखलढुंगा जिल्लामा पहिचान भएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।

जिल्लाको वडा नम्बर ५, ६ र ७ भई बग्ने खोलामा आयोजनाको काम अघि बढाउने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुस २९ गते हुने साधारणसभामा आयोजनाको निर्माण कार्य सुरु गर्न आवश्यक रकम, प्रमोटर सेयर, सेयर निष्कासन सम्बन्धी विविध कार्य गर्न अख्तियारीनामा प्रदान गर्नेछ ।

यसैगरी, जग्गा अधिग्रहण, निर्माण कम्पनी छनोट तथा अन्य सरकारी र गैरसरकारी निकायमा गई आवश्यक कामकारबाही गर्नका लागि सञ्चालक समितिलाई अख्तियारीनामा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आयोजनाको वाँध र हेडरेस पाइप मलुन खोलाको बायाँ र बाँकी सम्पूर्ण संरचना दाँया किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खोलामा बाँध बाँधि ५७७ मिटर स्टिल पाइप, १८७६ मिटर हेडरेस पाइप र १६२० मिटर पेनस्टक पाइपमार्फत पानीलाई विद्युत्‌गृहमा पुर्‍यानेछ ।

विद्युत्‌गृहमा ७ मेगावाट क्षमताको ३ वटा टर्वाइन रहनेछ । टर्वाइनसँग जोडिएको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८१ साउनभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ११२.५८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादन हुने विद्युत् ११/१३२ केभी प्रसारण लाइन मार्फत २० किलोमिटर दुरीमा रहेको प्राधिकरणको सोलुखुम्बु स्थित तिङ्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit