विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना सम्पन्न हुन अझै १ वर्ष लाग्ने भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङदेखि नुवाकोटको किस्पाङस्थित त्रिशुली थ्री ‘बी’ हब सबस्टेसनसम्म निर्माण हुने प्रसारण लाइनको ४० प्रतिशत काम अझै बाँकी रहेकाले सम्पन्न हुन समय लाग्ने देखिएको हो ।

निर्माण सुरु भएको ३ वर्षमा प्रसारण लाइनको करिब ६० प्रतिशत काम सकिएको छ । भौगोलिक विकटता, स्थानीय अवरोध, डिजाइ निर्माणमा भएको ढिलाइ तथा पछिल्लो समय कोरोना (कोभिड–१९) महामारीका कारण कामले लक्ष्यअनुसार गति लिन नसकेको आयोजना संयोजक थर्कबहादुर थापाले बताए । 

उनले कोरोना महामारीका कारण कामदार अभावमा लामो समय प्रभावित प्रसारण लाइन निर्माणले विस्तारै गति लिन सुरु गरेको बताए । ‘कोरोना महामारी रोक्न गरिएको लकडाउन र निशेधाज्ञाले निर्माण रोकियो,’ उनले ऊर्जा खबरसँग भने, ‘दशैं तिहारपछि निर्माणले गति लिँदै गएको छ । २०७८ पुससम्ममा सञ्चालनमा आउँछ ।’ 

२७ किलोमिटर लामो प्रसारण लाइनको १२ वटा टावरको जग (फाउन्डेसन) तयार भएको छ । अहिले ९ ठाउँमा जग खन्ने काम भइरहेको थापाले जानकारी दिए । प्रसारण लाइनको टावरका उपकरण आयोजना स्थलमा आउन थालिसकेकाले अब ठड्याउन सुरु गरिने उनले बताए । प्रसारण लाइन अन्तर्गत ७९ वटा टावर निर्माण हुनेछन् ।

गोल्जुङदेखि मैलुङसम्म २२० केभी ‘डबल सर्किट’ र मैलुङदेखि त्रिशूली थ्री ‘बी’ को हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन पूरा गर्न १ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ  । 

प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ । प्रसारण लाइन निर्माणका लागि चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेड र परमर्शदाताको रुपमा पावर ग्रिड इन्डियाले काम गरिरहेका छन् । प्रसारण लाइनअन्तर्गत नै चिलिमे हब सबस्टेसन पनि निर्माण हुँदैछ । 

यो प्रसारण लाइन पूरा  निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी,  ५७.३ मेगावाटका सान्जेनका आयोजना जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । २ सय १६ मेगावटको माथिल्लो त्रिशूली–१, १ सय २० मेगावाटको रसुवा भोटेकोसी, ७८ मेगावाटको सान्जेन खोला, २० मेगावाटको लाङटाङखोला, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला,  ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत लगायतका आयोजना पनि यही प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit