विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नियमित विद्युत महसुल नबुझाउने ग्राहकलाई कालाेसूचीमा राखेकाे छ । केन्द्रले बारम्बार ताकेता गर्दा पनि नबुझाउने ग्राहकलाई कालाेसूचीमा राखेकाे हाे ।

बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएपछि २७० ग्राहकलाई कालाेसूचीमा राखेकाे केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार कालोसुचीमा रहेका ग्राहकबाट २०८० बैशाखसम्ममा ७४ लाख ९२ हजार ८ सय ८१ रुपैयाँ महसुल उठाउन बाँकी छ ।

केन्द्रले समयमा विद्युत महसुल तिर्न आग्रह गर्दा पनि महसुल नतिरेपछि ग्राहकहरू कालोसुचीमा परेका हुन् । कालोसुचीमा परेका ग्राहकबाट २०७९ असारसम्ममा ७८ लाख ८६ हजार ४ सय ८१ रुपैयाँ महसुल असुल गर्न बाँकी थियो । 

२०८० असारभित्र बाँकी बक्यौता महसुल बुझाउँदा १० प्रतिशत छुट हुने हुँदा तत्काल बाँकी बक्यौता बुझाउन पनि केन्द्रले आग्रह गरेको छ । महसुल संकलन विनियमावली अनुसार निरन्तर ६० दिनसम्म महसुल नतिरे विद्युत आपूर्ति बन्द गरिने अर्थात लाइन काटिनेछ । लाइन काटको ६ महिनासम्म पनि महसुल नतिरेपछि  ग्राहकलाई कालोसूचीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit