विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा डेढ दर्जन (१८) जलविद्युत कम्पनीले विद्युत बिक्रीबाट ४ अर्ब १६ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेका छन् । आर्थिक वर्षको साउनदेखि चैत (तेस्रो त्रैमासिक) सम्मको अवधिमा निर्माण गरी सञ्चालनमा रहेका जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले विद्युत बिक्रीबाट यति आम्दानी गरेका हुन् ।

कम्पनीले गरेको आम्दानी गत वर्षको यही समयअवधिको तुलनामा भने कम हो । यो वर्ष हिउँदमा लामो समय खडेरी परेका कारण जलविद्युतगृहको उत्पादनमा कमी आउँदा आम्दानी पनि कम देखिएको हो । गत वर्ष यी कम्पनीले ४ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

आर्थिक वर्षको वित्तीय रिर्पोट अनुसार यी कम्पनीको विद्युत उत्पादन आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ । यी कम्पनीले ९ महिना अवधिमा २ अर्ब १३ करोड १३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएका छन्  । गत वर्ष यही समयअवधिमा २ अर्ब ३५ करोड ६० लाख १६ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

विद्युत बिक्रीबाट बढी आम्दानी गर्नेमध्ये चिलिमे जलविद्युत कम्पनी सबैभन्दा अगाडि छ । कम्पनीले २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ८० करोड ९२ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । यो कम्पनीको आम्दानी गत वर्षको तुलनामा बढेको हो । 

गत वर्ष ८० करोड ३७ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले ९ महिनामा ५१ करोड २ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही समयअवधिको तुलनामा भने कम हो । गत वर्ष ५२ करोड ५६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बुटवल पावर कम्पनीले चालू आर्थिक वर्षमा ९.८ मेगावाटको आधिखोला र १२ मेगावाटको झिमरुक खोला र ४ मेगावाटको खुदीको विद्युत बिक्री गरी ५१ करोड ११ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ५५ करोड ७७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको खुद नाफा पनि गत वर्षको तुलनामा घटेको छ । कम्पनीले साउन यता ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष ८९ करोड ५९ लाख १ हजार रुपैयाँ मुनाफ कमाएको थियो । कम्पनीको सेयर रहेको ६० मेगावाटको खिम्तीको आधा स्वामित्व प्राधिकरणमा गएपछि त्यहाँबाट हुने आम्दानी घटेकाले खुद नाफामा पनि गिरावट आएको हो ।

सानिमा माई हाइड्रो पावरले २२ मेगावाटको माई खोलाको विद्युत बिक्री गरी ६६ करोड ३६ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ६७ करोड १ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले ३४ करोड २ लाख ३७ हजार ३ सय रुपैयाँ खुद नाफा कमाएको छ ।

रूरू जलविद्युत परियोजनाले ५ मेगावाटको हुग्दी खोला जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट १२ करोड २ लाख ९५ हजार ७ सय रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष ११ करोड ७० लाख ९२ हजार ९ सय रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले ६ करोड १३ लाख १२ हजार एक सय रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा भने गत वर्षको तुलनामा बढेको छ ।

युनाइटेड इदी मर्दी एण्ड आरबी कम्पनीले ७ मेगावाटको माथिल्लो मर्दीको विद्युत बिक्री गरी १० करोड ६ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ७ करोड ८१ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले १ करोड ७९ लाख १८ हजार ३ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष करिब १ करोड २८ लाख ४ हजार २ सय रुपैयाँ घाटामा रहेको कम्पनी यो वर्ष मुनाफा आर्जन गर्न सफल भएको हो ।

यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ३ मेगावाटको पिलुवा खोलाको विद्युत बिक्री गरी ४ करोड २५ लाख ३७ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ५ करोड ४७ लाख ४४ हजार ७ सय रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले तेस्रो त्रैमासिकसम्म ७ करोड १३ लाख २५ हजार ८ सय रुपैयाँ खुद नाफा कमाएको छ ।

अपि पावरले कम्पनीले १६.५ मेगावाटका नौगाड र माथिल्लो नौगाडको विद्युत बिक्री गरी २८ करोड ८१ लाख १७ हजार ७ सय रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४ करोड ५७ लाख ६७ हजार ९ सय रुपैयाँ बढी हो ।

गत वर्ष २४ करोड २३ लाख ४९ हजार ७ सय रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले १२ करोड ६२ लाख ६७ हजार ६ सय रुपैयाँ खुद नाफा कमाएको छ ।

यसैगरी, राधी विद्युत कम्पनीले ६ करोड २६ लाख २४ हजार ५ सय रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा बढे पनि विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ ।

कम्पनीले निर्माण गरेको ४ मेगावाटको राधी जलिवद्युत केन्द्रको विद्युत बिक्रीबाट ११ करोड ४७ लाख ३२ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष १२ करोड १६ लाख १ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो ।

युनियन हाइड्रो पावरले विद्युत बिक्री गरी ५ करोड ४५ लाख ६९ हजार ४ सय रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ८९ लाख ६७ हजार ८ सय रुपैयाँ नाफा आर्जन गरेको छ ।

माउन्टेन इनर्जी नेपालले ९ करोड ४३ लाख ९ हजार ३ सय रुपैयाँ आम्दानी गरेको गरेको छ । यही अवधिमा ४ करोड ९९ लाख ९६ हजार ९ सय रुपैयाँ खुद नाफा कमाएको छ । विद्युत बिक्रीबाट कम्पनीले कमाएको खुद नाफा र विद्युत बिक्रीबाट भएको आम्दानी गत वर्षको यहीअवधिको तुलनामा भने कम हो ।

पाँचथर पावरले १४.९ मेगावाटको हेवा खोला–ए को विद्युत बिक्री गरी २६ करोड ७१ लाख ५० हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ३० करोड ७१ लाख ५५ हजार ८ सय रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले २ करोड ९५ लाख ४६ हजार ७ सय रुपैयाँ मुनाफामा आर्जन गरेको छ ।

बरुण हाइड्रोपावरले ४.४५५ मेगावाटको हेवा खोलाको विद्युत बिक्री गरी ४ करोड ५८ लाख २२ हजार १ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ६ करोड ५५ लाख ८६ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले ५२ लाख ७२ हजार १ सय रुपैयाँ खुद नाफा कमाएको छ ।

युनाइटेड मोदीले विद्युत बिक्रीबाट २२ करोड ६३ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष २३ करोड ५२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

विद्युत उत्पादन आम्दानी घटेपनि खुद नाफा भने बढेको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ४ करोड ४ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो ।

छ्याङदी हाइड्रोपावरले विद्युत बिक्रीबाट ३ करोड ८६ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । यही अवधिमा १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सिनर्जी पावरले पनि १० मेगावाटको सिप्रिङ खोलाको विद्युत बिक्री गरी १५ करोड ४ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको छ । जसबाट कम्पनीले ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । 

ङादी पावरले ७ करोड ५३ लाख ६८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका छ । साथै, २ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । रिडि हाइड्रोपावर पनि ४ करोड २८ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको २ करोड १४ लाख २४ हजार रुपैयाँ खुद नाफा छ ।

अरुण काबेली पावरले २५ मेगावाटको काबेली बी–१ को विद्युत बिक्री गरी ५१ करोड ६९ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको आम्दानी गत वर्षको तुलनामा बढेको हो । गत वर्ष २२ करोड १ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले २० करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit