विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी विद्युत उत्पादकहरूको छाता संस्था ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)’ मा नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी जेठ ३२ गते निर्वाचन गर्ने घोषणा गरिएको छ । इपानको आज (जेठ ७ गते) बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकाल पूरा हुनै लाग्दा चुनावी सरगर्मी पनि सुरु भएको छ । २०७७ साउन ३२ गते ३ वर्षका लागि चुनिएको वर्तमान कार्यसमितिको पदावधि सकिनु अगाडि नै निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने हुन्छ । अहिले अन्य पदाधिकारीमा चासो र चर्चा खासै नसुनिए पनि अध्यक्षको प्रत्याशीमा भने विद्युत विकासमा लामो समयदेखि लगानीकर्ताको रूपमा परिचित ४ जना अनुहार प्रतिस्पर्धी हुने देखिएको छ ।

अध्यक्षको प्रत्याशीमा इपानकै उपाध्यक्ष त्रय मोहनकुमार डाँगी, आशिष गर्ग र गणेश कार्की रहेका छन् भने संस्था बाहिरबाट जलविद्युत उद्यमी किरण मल्लले उमेद्वारी घोषणा गरेका छन् । उपाध्यक्ष त्रयहरू इपानमै सदस्यबाट प्रवेश गरेका हुन् भने मल्ल यसअघि कार्यसमिति सदस्यमा रहे पनि हाल इपानभित्र छैनन् ।

इपानले विद्यान संशोधन गरी अबको कार्यकालदेखि एक जना वरिष्ठ उपाध्यक्षको पद थप गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने मापदण्डभित्र रहेर अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीको चयन हुने इपानले जानकारी दिएको छ । यसर्थ, यसपाली अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदलाई निकै आकर्षणको रूपमा हेरिएको छ ।

नयाँ अध्यक्षमा ४ जना आकांक्षी देखिए पनि गर्गले पछिल्लो समय खासै इच्छा नदेखाएको र डाँगीले कार्कीलाई सघाउने आन्तरिक सहमति भएको बताइएको छ । निर्वाचन घोषणा गरे पनि आगामी नेतृत्व तथा कार्यसमिति सर्वसम्मत विधिबाट चयन होस् भन्ने अपेक्षा राखेको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

तपाईं अध्यक्षको दाबेदारीबाट पछि हट्नुभएको हो भन्ने जिज्ञासाको जवाफमा डाँगीले ऊर्जा खबरसँग भने, ‘पछि हट्ने भनेर निर्णय नै गरेको छैन, गणेशजीसँग मिलेर जाने सहमति भएको छ ।’ अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा एकले अर्कोलाई सहयोग गर्ने तर दुई जनाबीच चुनाव नलड्ने सहमति भएको उनले स्वीकारे । उता, मल्लले पनि अध्यक्षका लागि तयारी अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit