काठमाडौँ । शिवश्री हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीलाई हाल कायम पुँजी एक अर्ब सत्चालिस करोड ६४ लाख रुपैयाँको शतप्रतिशत अर्थात् हाल कायम रहेको १ कित्ता साधारण सेयर बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्याको नयाँ १ कित्ता सेयर (१ः१) बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार स्वीकृति दिएको हो ।
कम्पनीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् केन्द्र सञ्चालन गर्दै आएको छ । कम्पनीले उक्त जलविद्युत् केन्द्र २०७८ जेठदेखि सञ्चालन गर्दै आएको हो ।
२०६२ साल चैतमा निजी कम्पनीका रूपमा स्थापना भएको यो कम्पनी २०७३ साल मंसिरमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । २०७७ साल कात्तिक ६ गते कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।