विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण प्रभावित जलविद्युत आयोजनालाई म्याद थप गर्नका लागि बोलाएको छ । प्राधिकरणले कोरोना प्रभावित निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको उत्पादन म्याद थप गर्न बोलाएको हो ।

२०७९ असार २८ गते गरेको निर्णय कार्यान्वयनका लागि प्रवद्र्धकसँग विद्युत उत्पादन म्याद एक वर्षसम्म थप गर्नका लागि आवेदन माग गरेको प्राधिकरणले जनाएकाे छ । प्राधिकरण विद्युत व्यापार विभागले सूचना जारी गरी २ साताभित्र प्राप्त हुने गरी म्याद थपका लागि आवेदन मागेको छ ।

प्रवर्द्धकले व्यापारीक विद्युत उत्पादन सुरु हुने तालिका अधिकतम १ वर्षसम्म थप गर्न सकिने गरी आवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ । २०७७ चैत ११ गतेदेखि २०७८ चैत १० गतेसम्मको अवधिमा कोरोना महामारीबाट प्रभावित जलविद्युत आयोजनाले म्याद थपको सुविधाका लागि आवेदन दिन पाउने छन् ।

यस्तै, वित्तीय व्यवस्थापन गर्ने मिति सार्न तथा विद्युत उत्पादनको अनुमतिपत्र सरकारलाई बुझाउने मिति १ वर्षसम्म पुनः थप गर्न पाउने आयोजनाका प्रवर्द्धकले पनि आवेदन दिनु पर्ने विभागले जनाएको छ ।

प्राधिकरणको असार २८ गतेको निर्णयको अधिनमा रही तोकिएको १५ दिनभित्र प्राप्त निवेदनको कारबाही अगाडि बढाउने जानकारी विभागले दिएको छ ।

कोरोना महामारीको असर परेका निर्माणधीन जलविद्युत आयोजनाको हकमा पनि प्रवद्र्धकले तोकिएको अवधिभित्र प्राप्त निवेदनको आधारमा २०७८ बैशाख २६ गतेको ८७०औं प्राधिकरण सञ्चालक समिति बैठकले गरेको निर्णय बमोजिम कारबाही अगाडि बढाउने विभागले जनाएको छ । तोकिएको अवधिभन्दा ढिलो गरी प्राप्त भएका निवेदन उपर कारबाही नहुने पनि सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३