विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पोखरा । नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले समयमै विद्युत् महसुल भुक्तानी गर्ने उत्कृष्ट उद्योगी व्यवसायीहरूलाई सम्मान गरेको छ । २०८१ सालमा उच्चतम खपत गरेका उनीहरूलाई त्यसरी सम्मान गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उत्कृष्ट ग्रहाकहरूलाई सम्मान गरेको प्रादेशिक कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा शाक्यले उपभोक्ताका कारण नै संस्थाको विकास हुने र यसैबाट समग्र देशको विकास हुने बताए ।

'उपभोक्ताले प्रयोग गर्ने विद्युत् दैनिक जीवनशैलीमा भन्दा बढी व्यावसायिक या औद्योगिक कार्यमा प्रयोग गर्नुपर्छ,' उनले भने, 'विद्युतीय संसाधनको प्रयोग गर्दा सजग र मितव्यायी हुनुपर्छ । हाल बेला–बेलामा विद्युत् अवरुद्ध हुने समस्या वितरण केन्द्रहरूमा हुने प्राविधिक त्रुटीका कारण हो ।' हिउँदको समयमा बाहिरी मुलुकबाट समेत विद्युत् आयात गरी उपभोक्तालाई सेवा पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको शाक्यको भनाइ छ ।

सम्मानित हुनेहरूमा होङ्सी शिवम सिमेन्ट प्रा.लि. (कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र (पोखरा वितरण केन्द्र), गोर्खा ब्रोअरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजी सिमेन्ट, एनसेल प्रा.लि. (लेकनाथ वितरण केन्द्र), प्रफेक्ट ब्लेन्ड (नेपाल) प्रा.लि. (कावासोती वितरण केन्द्र) सिजी ब्रोअरी नेपाल लिमिटेड (कावासोती वितरण केन्द्र), जय श्री फुड प्रा.लि. (कावासोती वितरण केन्द्र), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा वितरण केन्द्र), मनिपाल कलेज अफ मेडिकल साइन्स (पोखरा वितरण केन्द्र) लगायत छन् ।

बेलाबेला विद्युत् अवरुद्ध हुने समस्याले नोक्सान बेहोर्नु परेकोले यसको समाधान खोज्न उद्योगहरूले आग्रह गरे । सोही अवसरमा प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्यले गण्डकी शाखा अन्तर्गत निमार्ण र वितरण भएका आयोजनाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३