विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १११ मेगावाट विद्युत निर्यात गर्न भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणसँग स्वीकृति माग गरेको छ । प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइइएक्स) मा प्रतिस्पर्धाबाट बिक्री गर्न अनुमतिका लागि प्रस्ताव पेस गरेको हो ।

४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला–ए, २३.५ मेगावाटको सोलुखोला,  २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यात गर्न स्वीकृतिका लागि प्रस्ताव पेश गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास छ’, उनले भने, ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनी बाहेकका निकायहरूलाई समेत बिक्री गर्न आवश्यक छ ।’

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को साउनमा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत निर्यात गरेको छ । गत वर्ष ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात गरेको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ । 

वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने भएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको घिसिङले बताए । ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ’, उनले भने, ‘दुई मुलुकबीचको  व्यापारघाटालाई समेत केही कम गर्न सहयोग भएको छ ।’

‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीहरूले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने छ’ उनले थपे ।

भारतको केन्द्रीय विद्युत प्रणाली अन्तर्गत दैनिक विद्युत बजार (डे–अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit