विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ भदौ ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चाैधरी ग्रुप अन्तर्गतकाे क्रम्प्टन ग्रिभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेडले ‘राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३’ पाएकाे छ । भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरो (बिइई)ले उक्त पुरस्कारबाट कम्पनीलाई सम्मान भएकाे हाे ।

यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाई दिँदै दुई कम्पनीबिचको सहकार्यमा सन्तुष्टि जनाएको छ । राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार (एनईसीए) भारतकाे एक प्रमुख वार्षिक कार्यक्रम हो । जसले ऊर्जा संरक्षणमा भएका असाधारण योगदानहरूलाई सम्मानित गर्ने गरेकाे छ ।

यसको स्थापना डिसेम्बर १४, १९९१ मा भएको थियो । भारत सरकारले यो पुरस्कार अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूकाे ऊर्जा संरक्षणमा भएका उदाहरणीय प्रयासहरूलाई प्रदान गरिन्छ ।

नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ । चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३