विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महिनाको अवधिमा १३ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पुससम्ममा साना–ठूला जीप, भ्यान तथा मोटरसाइकल र तीन पाङ्ग्रेसमेत गरी १० हजार बढी सवारी आयात भएका छन् ।

भन्सार विभागले आइतबार (माघ ७ गते) सार्वजनिक गरेको तथ्यांकअनुसार विद्युतीय गाडीको आयात उल्लेख्य बढेको देखिएको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै न्यून भन्सार शूल्क लगाएपछि यस्ता गाडीको आयात बढेको हो ।

विभागकाअनुसार ६ महिनाको अवधिमा १० हजार १३६ विद्युतीय सवारी आयात भएका छन् । यसमध्ये सबैभन्दा बढी तीन पाङ्ग्रे सवारी आयात भएका छन् । साउनदेखि पुससम्मको अवधिमा ५०३५ विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ५० किलोवाटभन्दा कम क्षमताका २०५० सवारी आयात भएको छ । यी सवारीको मूल्य ३ अर्ब ८३ करोड ५४ लाख १७ हजार रुपैयाँ मूल्य रहेको छ । २९ सय ७० वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ ।

१०१ देखि २०० किलोवाट क्षमताका ६८ वटा गाडीको आयात भएको छ । त्यस्तै २०० किलोवाटभन्दा माथिका गाडी पनि १३ वटा आयात भएका छन् । चालु वर्षको ६ महिनामा विद्युतीय गाडी आयातबाट मात्रै ५ अर्ब राजस्व संकलन भएको छ ।

यसैगरी, यो अवधिमा ६६ अर्ब ४९ करोड रुपैयाँको डिजेल आयात भएको छ । यसैगरी ३३ अर्ब ९२ करोड रुपैैयाँको पेट्रोल आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit