विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ८ सय मिटर खनेर सकिएको छ । आयोजनाको ६ किलोमिटर लामो मुख्य सुरुङको यति काम सम्पन्न भएको हो ।

मुख्य सुरुङ हुन अझै ५.२ किलोमिटर बाँकी रहेको आयोजना प्रमुख गणेश केसीले बताए । ‘अहिले आयोजनाका सबै संरचनामा निर्माणाधीन छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘मुख्य सुरुङमा ४ स्थानमा काम भइरहेको छ ।’ उनले आयोजनाको ५२ मिटर पेनस्टक सुरुङ खनेर सकिएको बताए ।

५५ मिटर उचाई तथा १० मिटर गोलाकार भएको सर्ज साफ्टमा पनि काम भइरहेको छ । विद्युतगृहमा भर्खरै जग खन्न सुरु गरिएको छ ।आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न गरिएको लकडाउन तथा निशेधाज्ञाका कारण निर्माण प्रभावित हुँदा सम्भव नहुने देखिएको उनले बताए ।  

लकडाउनका बेला आयोजना स्थलमा निर्माण सामाग्री ढुवानीमा समस्या हुँदा काम प्रभावित हुँदा उत्पादन धकेलिने पुगेको हो । आयोजना स्थल दुर्गम क्षेत्रमा पर्ने हुँदा बर्खामा निर्माण सामाग्री ढुवानीमा हुने समस्याले पनि काम प्रभावित हुने गरेको केसीले बताए ।

अहिलेसम्मको भौतिक प्रगति हेर्दा निर्माण अवधि अझै डेढ वर्ष लम्बिने उनको दाबी छ । आयोजनाको काम करिब २५ प्रतिशत सकिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो लिमिटेड कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत बनखेत सबस्टेसनमार्फत २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । 

भारतीय ठेकेदार आइभिआरसिएलसँग पहिलो पटक २०६७ कात्तिक १८ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । ठेकेदारले अनेक बाहना देखाउँदै काम नगरेपछि प्राधिकरणले २०७२ असार ३ गते सम्झौता रद्द गरेको थियो । त्यसपछि करिब ३ वर्षसम्म अलपत्र अवस्थामा पुगेको आयोजना प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अघि बढाएको हो ।

२०६७ सालमा ठेक्का पाएको आइभिआरसिएलले झन्डै ५ वर्षसम्म आवास निर्माण तथा ६४ मिटर सुरुङमात्र खनेको थियो । यसका लागि करिब १ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको थियो । अहिले आयोजनामा स्थानीयको पनि सेयर लगानी गर्ने गरी निर्माण अघि बढाइएको छ ।

दुई भाग (लट–१ सिभिल तथा हाइड्रो मेकानिकल र लट–२ इलेक्ट्रो मेकानिकल) मा बाँडेर निर्माण गरिने आयोजनाको पहिलो लटको ठेक्का २०७४ मंसिर ५ गते (सन २०१७ नोभेम्बर २१) मा भएको थियो । प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजना ३२ मेगावाट क्षमतामा निर्माण सुरु गरिएको थियो । पहिलो ठेक्का रद्द गरेपछि आयोजनाको क्षमता समेत संशोधन गरी कम्पनीमार्फत अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit